फेवातालमा ‘ड्रागन बोट रेस’ (तस्वीरहरू)

पोखराको फेवातालमा आयोजित ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा नेपाल, चीन र सिंगापुरका २० टोली सहभागी छन्।

तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी

पोखरा– पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ शुरू भएको छ। नेपाल–चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ ड्रागन बोट रेस फेस्टिभल आयोजना भएको हो। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आयोजित फेस्टिभलमा नेपाल, चीन र सिंगापुरका २० टोली सहभागी छन्। प्रतियोगिता आइतबार र सोमबार सञ्चालन हुनेछ। रेस फेस्टिभल विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार २०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ। गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल आयोजना गरिएको हो। हेर्नुहोस् तस्वीहरू