दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा चालक दलका दुई सदस्यबाहेक विमानमा सवार सबैको मृत्यु भएको छ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा चालक दलका चार सदस्य र सबै १७५ यात्रु गरी १७९ जनाको मृत्यु भएको छ। विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको हो।
जीवितै उद्धार गरिएका दुवै जनाको उपचार जारी छ। योन्हाेप समाचार एजेन्सीका अनुसार तीमध्ये एक जना चिकित्सकसँग कुरा गरिरहेका छन्। अस्पतालका निर्देशक जु वुङलाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हाप उल्लेख गरेअनुसार जेजु एयरको विमानका ३३ वर्षीय फ्लाइट अटेन्डेन्टले चिकित्सकहरूलाई आफू होसमा आउँदा आफ्नो उद्धार भइसकेको बताएका छन्।
उनलाई पहिले विमानस्थलबाट २५ किलोमिटर दक्षिणमा रहेको मोक्पोको अस्पतालमा लगिएको थियो। पछि उनलाई राजधानीको इवा वुमन्स युनिभर्सिटी सियोल अस्पतालमा सारिएको थियो। “उहाँ पूर्णतया सञ्चार गर्न सक्षम हुनुहुन्छ,” जुले भने, “स्मरणशक्ति गुमेको वा त्यस्तो कुनै संकेत छैन।”
राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा कोरियाली एयरलाइन्स जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७-८०० विमान स्थानीय समयअनुसार आइतबार बिहान ९ः०७ बजे दुर्घटनामा परेको हो। थाइल्यान्डको बैंककबाट फर्किँदै थियो। विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्यान्डका नागरिकसहित १७५ यात्रु सवार थिए। विमानमा ६ जना चालक दलका सदस्य थिए।
पहिलो अवतरण प्रयास असफल भएपछि विमान पुनः आकाशमा फर्किएर दोस्रो अवतरण प्रयास गरेको थियो। स्थानीय टेलिभिजनले प्रसारण गरेको एउटा फुटेजमा विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ। अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ।
अग्नि नियन्त्रक अधिकारीले चरा ठोकिएका कारण विमान दुर्घटनामा परेको हुन सक्ने अनुमान गरेका छन्। यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ।
दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित रूपमा निकालेको जनाएको छ। ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिको रेकर्ड गर्ने उपकरण हो।
मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताए।
योन्हाप समाचार एजेन्सीले जनाएअनुसार ब्ल्याक बक्स- उडान डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरमध्ये एउटामा क्षति भएको छ। उडान डाटा रेकर्डर आंशिक रूपमा क्षति भएको हो। एक अनुसन्धानकर्ताले समाचार एजेन्सीलाई बताएअनुसार क्षतिग्रस्त उडान डाटा रेकर्डरबाट डाटा डिकोड गर्न एक महिनासम्म लाग्न सक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
