बैतडीको पाटनस्थित फर्निचर उद्योगमा काम गर्दै आएका एक मजदुरको निसास्सिएर मृत्यु भएको छ।
बैतडी– निसास्सिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए। अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। कोइला बालेर सुतेको हुनाले थारूको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।
यसअघि गत मंसिर २१ गते पनि पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निसास्सिएर मृत्यु भएको थियो। कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल विष्टको मृत्यु भएको थियो।
यसैबीच, चट्याङ लागेर बैतडीमा एकै वडामा सात पशुचौपाया मरेका छन्। सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति पुर्याएको हो। आइतबार दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एउटा भैँसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन्।
धुलिधारमा स्थानीय पदमराज अवस्थीको एउटा बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरी प्रवक्ता पाण्डेयले बताए।
यस्तै, शनिबार चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका चार जना उपचारपछि घर फर्किएका छन्। स्थानीय गोपाल दमाईंको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३५ वर्षीया पवानी, बुहारी २० वर्षीया कविता, १३ वर्षीय छोरा लोक र ११ वर्षीया छोरी लक्ष्मी घाइते भएका थिए।
अछाम कुखुराको मासु खाँदा एक जनाको मृत्यु
कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।
कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए। बयलास्थित तुलासिहं विकको घरमा ल्याएको बोयलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो।
मासु खाँदा विकको घरमा थप तीन जना बिरामी भएका छन्। बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ।
थप विवरण शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
