गुरुङ समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्छन्। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
काठमाडौँ– गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन्।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो। गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यताका साथ तमु ल्होसार मनाउने गर्छन्।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
