सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपति रहेका कार्टरलाई मानवअधिकार र सामाजिक कल्याणको क्षेत्रमा पुर्याएको योगदानका निम्ति सन् २००२ को नोबेल शान्ति पुरस्कार दिइएको थियो।
काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। उनको फाउन्डेसन 'द कार्टर सेन्टर'ले जनाएअनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा निधन भएको हो।
जिमी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औँ राष्ट्रपति थिए। सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति बनेका छन्।
उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, "आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्तित्त्व गुमाएको छ।"
यस्तै, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले लेखेका छन्, "हाम्रो देशको लागि महत्त्वपूर्ण समयमा, जिमीले राष्ट्रपतिको रूपमा चुनौतिहरूको सामना गरे र अमेरिकी जनताको जीवन सुधार गर्न काम गरे।"
मानवअधिकार र सामाजिक कल्याणको अभियानमा गरेको कामको लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
कार्टरको जन्म १९२४ अक्टोबर १ मा जर्जियाको एक किसान परिवारमा भएको थियो। राष्ट्रपति हुनुअघि उनले अमेरिकाको नौसेनामा सेवा गरे, जर्जियामा सिनेटर थिए र जर्जियाको गभर्नर पनि रहे। राष्ट्रपतिको कार्यकालपछि उनी मानव अधिकार संगठन र परोपकारी संस्थाहरूसँग आबद्ध भए।
राष्ट्रपति पद छाडेको एक वर्षपछि उनले ‘द कार्टर सेन्टर’ नामको परोपकारी संस्था स्थापना गरे। यस संस्थाले निर्वाचनलाई पारदर्शी बनाउन, मानवअधिकारको समर्थन र जनस्वास्थ्य सेवाको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
यसबाहेक ९० वर्षको उमेरमा पनि कार्टर ‘ह्याबिटेट फर ह्युम्यानिटी’ नामक संस्थासँग आवद्ध रहे, जसले मानिसका लागि घर बनाउने काम गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
