असोज १२ गते आएको बाढीका कारण नख्खु खोला किनारमा थुप्रिएको धुलो उडेर बस्तीमा पुग्ने गरेको छ। नख्खु खोलाको धुलो र गन्धले आफूहरूलाई असर पारिरहेको ललितपुर महानगर–४ का स्थानीय मिलन यसमाली मगरले गुनासो गरे।
ललितपुर– ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नुपरेको छ। असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो। नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ।
बाढीका कारण नख्खु खोला किनारमा थुप्रिएको धुलो उडेर बस्तीमा पुग्ने गरेको छ। नख्खु खोलाको धुलो र गन्धले असर गरेको ललितपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे।
“दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ। जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ,” उनले भने।
बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीको भनाइ छ।
“नख्खु करिडोरमा टिपरका कारण बस्तीमा असर परेको छ। टिपर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन। टिपरको कारण धुलोको समस्या झन् बढेको हो,” उनले भने।
नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुले सास्ती खेप्नु परेको छ। हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउँछन्।
“मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन्। धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो,” उनले भने।
त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्याएपछि बाढीपीडितले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउँछन्।
“चिसो बढेको छ। बाढीपीडित मुस्किलले बसेका छन्। धुलो र गन्धले बस्तीमा असर गरेको छ। जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन। जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम शुरू भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
