तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने

बिहानको समयमा तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने भएकाले सो समयमा दैनिक जनजीवन, सडक यातायात तथा हवाई उड्डयनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी स्थानको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मुख्यतया सफा रहने सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने भएकाले सो समयमा दैनिक जनजीवन, सडक यातायात तथा हवाई उड्डयनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।