मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
बरहथवा– उखु बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ट्याक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको मोटरसाइकल सोमबार राति आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पताल र दासको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा संलग्न ट्याक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
