निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित नभएपछि अनुसन्धानकर्ताले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए।
दक्षिण कोरियाली अदालतले निलम्बित राष्ट्रपति युन सुक येओलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। देशमा सैन्य शासन लागू गर्ने प्रयास गरेको भन्दै उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो।
“संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी जारी गरिएको छ,” संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ।
युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए। यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक संकटमा धकेलेको थियो।
त्यसपछि संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन छ।
दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहेका छन्। यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ।
निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित नभएपछि अनुसन्धानकर्ताले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए।
युनका वकिलले भने महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
