प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्।

काठमाडौँ– प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका राईलाई नियुक्त गरेका हुन्।

सुरेश अधिकारीले मंसिर ९ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो। नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेले सो पदमा राईको नाम सिफारिस गरेका थिए।

“..रामचन्द्र पौडेलले... झापा जिल्ला निवासी हर्कराज राईलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।