होक्काइडोको मुख्य विमानस्थलमा वैकल्पिक उडानको प्रतीक्षामा यात्रुहरूको लामो लाइन लागेको छ। केहीले विमानस्थलको प्रस्थान कक्षबाटै सन् २०२५ लाई स्वागत गर्ने तयारी गरेका छन्।
जापानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि मंगलबार दर्जनौँ उडान रद्द भएका छन्। हिमपातका कारण हवाई उडान अवरुद्ध हुँदा आफ्ना प्रियजनसँग नयाँ वर्षको छुट्टी मनाउन घर फर्किन लागेकाहरूको यात्रा बिथोलिएको छ।
जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको छ। एयरलाइन्सले उडान रद्द हुँदा ६ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ। हिमपातका कारण होक्काइडोको उत्तरी टापुबाट प्रदान गरिने हवाई सेवा प्रभावित भएका हुन्।
जापान एयरलाइन्सको मुख्य प्रतिस्पर्धी एएनएले पनि उत्तरी क्षेत्रको मौसम प्रतिकूलताको कारण देखाउँदै १४ उडान रद्द गरेको छ। जसबाट ८०० यात्रुलाई प्रभावित भएको बताइएको छ।
होक्काइडोको मुख्य विमानस्थलमा वैकल्पिक उडानको प्रतीक्षामा यात्रुहरूको लामो लाइन लागेको छ। केहीले विमानस्थलको प्रस्थान कक्षबाटै सन् २०२५ लाई स्वागत गर्ने तयारी गरेका छन्।
“हिउँ देख्न पाउँदा रमाइलो लागेको थियो तर म यहीँ फसुला भन्ने सोचेकै थिइनँ”, दक्षिणको ओकिनावा घर जान लागेका एक यात्रुले एचटिभीलाई भने, “अब के गर्ने मलाई थाहा छैन। आज राति विमानस्थलमा बस्नुपर्ने पनि हुन सक्छ।”
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार होक्काइडो र जापान सागरतर्फ फर्किएको उत्तरी तटरेखामा मंगलबार तीव्र हावा र भारी हिमपात भइरहेको छ।
मौसम एजेन्सीका अनुसार सोमबारदेखि होक्काइडोका केही क्षेत्रमा २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी हिमपात भएको छ। धेरैजसो हिमपात मंगलबार बिहान भएको थियो। नयाँ वर्षको दिनसम्म हिमपात जारी रहने आकलन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
