रत्ननगरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
चितवन– गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जंगलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो।
मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन्। दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन्।
घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पूजन विक, रत्ननगर–१४ की ६० वर्षीया मीना गुरुङ रहेका छन्।
घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
