तराईका अधिकांश स्थानमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली हुने

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण तराईका धेरै स्थानमा हुस्सु तथा पहाडी भूभागमा पनि कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।