घरायसी विवादका कारण एक युवकले आमा र ४ बहिनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस विषयमा विस्तृत् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारतको लखनऊस्थित होटलमा दुई नाबालिगसहित एकै परिवारका ५ जनाको हत्या भएको छ।
मध्य लखनऊका प्रहरी उपायुक्त (डीसीपी) रविना त्यागीले घटना नाका क्षेत्रमा रहेको होटल शरणजीतमा भएको बताइन्। उनका अनुसार हत्यामा संलग्न रहेको आरोपमा २४ वर्षीय अरशद पक्राउ परेका छन्।
“अभियुक्तले आफ्नै परिवारका पाँच जनाको हत्या गरेको स्वीकार गरेको छ,” उनले भनिन्। मृत्यु हुनेमा अरशदका आमा अस्मा तथा बहिनीहरू ९ वर्षीया आलिया, १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमीन छन्।
घरायसी विवादका कारण अरशदले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रमाण संकलनका लागि फरेन्सिक टोली खटाइएको र यस विषयमा विस्तृत अनुसन्धान भइरहेको डीसीपी रविताले बताइन्।
लखनऊबाट करिब ३५० किलोमिटर टाढा आगरा शहर घर भएका उनीहरू सोमबारदेखि उक्त होटलमा बसेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
