नेपालयले रचनाका लागि विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका २५ वर्षमुनिका लेखकलाई खुला आह्वान गरेको छ।
काठमाडौँ– पब्लिकेसन नेपालयले सन् २०२५ भित्र २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीहरूको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने भएको छ। यसका लागि विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका लेखकलाई खुला आह्वान गरेको छ। पुस्तकहरू कथा, कविता र निबन्ध विधाका हुनेछन् ।
आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा सन् २००० यता जन्मेका लेखकलाई नेपालयले खुला आह्वान गरेको हो। नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाको खोजी, संवर्द्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्कोस्वरूप यो आह्वान गरिएको नेपालयले जनाएको छ।
नयाँ वर्षको आगमनसँगै ‘२०२५ मा २५ का २५’ मन्त्रसहित आह्वानको थालनी गरेको जनाइएको छ। “सन् २००० यता जन्मिएका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,” पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, “लेखकले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन्।”
रचना बढीमा दुई हजार ५०० शब्दको हुनुपर्ने प्रावधान राखिएको छ। प्राप्त भएका रचनालाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनोट गर्नेछ।
छनोटमा परेका लेखरचना विधागत हिसाबले तीनवटा फरक–फरक पुस्तकका रूपमा सन् २०२५ भित्रै नेपालयले प्रकाशन गर्नेछ। पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिने र केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिने विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
