आफन्तको हिरा कम्पनीमा कम्प्युटर अपरेटरको जागिर गर्दै आएका ती युवकले आफूले जागिर छाड्ने कुरा बताउन नसक्दा आत्मघाती निर्णयमा पुगेका हुन्।
भनिन्छ, 'नाइँ भन्न नसक्नु पनि एक कमजोरी हो। जसले नाइँ भन्न सक्दैन उसलाई अरुले प्रयोग गर्छन्।'
तर कोही लजालु तथा अन्तर्मुखी स्वभावका हुन्छन्, जो मनभित्रै पीडाले तड्पिन्छन् तर नाइँ भन्न सक्दैनन्। भारतको गुजरातमा एक युवकले जागिर छाड्छु भन्न नसक्दा औँला नै काटेका छन्, ताकी काम गर्न नपरोस्।
गुजरातको सुरतलाई हिरा व्यापारको शहर भनेर चिनिन्छ।
भारतीय सञ्चार माध्यमका अनुसार सुरतका ३२ वर्षीय मयुर नामका युवक आफन्तको हिरा कम्पनीमा कम्प्युटर अपरेटरको जागिर गर्थे। उनी त्यो काम छाड्न चाहन्थे। तर ती आफन्तलाई यो कुरा बताउन सकेका थिएनन्। अर्थात् म जागिर छाड्छु भन्न सकेका थिएनन्। जसले गर्दा उनी आत्मघाती निर्णयमा पुगे।
अचम्म के भने, उनी औँला काटिएको अवस्थामा उजुरी दिन प्रहरी चौकी पुगेका थिए। त्यहाँ उनले आफू सडक किनारमा बेहोस भएर लडेको र होशमा आउँदा कसैले आफ्नो चार औँला काटेको बताएका थिए। प्रहरीले पनि शुरूमा त उनको कुरामा विश्वास गरे। कसैले काला जादू गर्न औँला काटेर लगेको हुनसक्ने प्रहरीको आशंका थियो। तर अनुसन्धानका क्रममा भने प्रहरी अचम्म परे।
घटना भएको भनिएको क्षेत्रमा सीसीटिभी फुटेज जाँच गर्दा प्रहरीले मयुर आफैंले औँला काटेको पत्ता लगाए। यो घटना गत डिसेम्बर पहिलो हप्ताको हो।
आइतबार राति १० बजेतिर मयुर अमरोलीको सडकछेउमा मोटरसाइकल पार्क गर्छन्। रगत नबगोस् भनेर कुहिनाभन्दा मुनि डोरीले कसेपछि झोलाबाट चक्कु निकालेर बायाँ हातका चार औँला काट्छन्। त्यसपछि चक्कु र काटिएका औँला झोलामा हालेर नजिकैको नालामा फाल्छन्।
प्रहरीका अनुसार मयुरका साथीहरूले उनलाई अस्पताल पुर्याएका थिए।
मयुर आफैंले औँला काट्न केही दिन पहिले पसलबाट चक्कु किनेको स्वीकार गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले एउटा झोलाबाट ३ औँला र अर्को झोलाबाट चक्कु फेला पारेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
