सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।
काठमाडौँ– सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।
मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको पनि जानकारी दिए।
त्यसैगरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ।
सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने र विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल (बाजुरा)लाई नियुक्त गर्ने पनि निर्णय गरेको छ।
“आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँमा सरूवा गर्ने निर्णय भएको छ,” सरकारका प्रवक्ता गुरूङले भने।
सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बूढीगंगा नगरपालिका–६ को एक हजार ७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बूढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बूढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
सरकारले जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं १ को दुई हजार ७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिएको छ। हिल्सा–सिमिकोट सडकको सल्लीसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको आठ सय मिटर लम्बाइको सडक निर्माण र चुवा खोलामा बेलीबृज निर्माण कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य (रूपन्देही)लाई नियुक्त गर्ने र अप्पर देउमाई खोला साना जलविद्युत् आयोजना निर्माणका लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौसाबारी कायम गर्नेसमेत निर्णय भएको प्रवक्ता गुरूङले जानकारी दिए।
कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौसाबारी कायम गर्ने, खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने, निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
प्रवक्ता गुरूङले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने र वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
