पनौती नगरपालिकाको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।
काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।
सभामा प्रस्तावित आर्थिक ऐन, २०८१ संशोधनसम्बन्धी विषयबारे छलफलद्वारा चालु आर्थिक वर्ष २०८१/८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरिएको नगर प्रमुख रामशरण भण्डारीले बताए। “सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको किटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिनेछ,” उनले भने।
कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगरक्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाडाँगाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन्।
चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो। यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुंगा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरिएको छ। चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्ति कर बुझाइसकेको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ।
गत असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको अवस्थामा रहेका छन्। नगरको विवरणअनुसार बाढीपहिरोले ५८६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने ९४४ वटा घर उच्च जोखिममा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
