अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।
कास्की– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको बुधबार समापन समारोहमा उनले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको उल्लेख गर्दै नेतृत्व गर्ने अवसर पाउँदा अविस्मरणीय र आउँदा पिँढीले देख्ने, बुझ्ने र सिक्नेगरी विकासका परियोजना अघि बढाउने बताए।
अध्यक्ष दाहालको जन्मस्थल र प्रारम्भिक शिक्षा हासिल गरेको सो विद्यालयको कार्यक्रममा उनले भने, “अब मसँग धेरै वर्ष समय छैन। यहाँहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु।”
अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने स्पष्ट पारे। उनले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतारचढाव बुझ्न नपाइ व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको बताए।
राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेश, पहाड र हिमाललाई एकताबद्ध गरी सिंगो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि दोस्रो कार्यकालमा आफू सफल भएको अध्यक्ष दाहालले स्मरण गरे।
उनले आफ्नो बाँकी जीवन सुशासन र विकासका लागि बिताउने बताउँदै यसपटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलका नेताहरूलाई केही चुनौती र अवसर दिएको उल्लेख गरे। सबै दलले समीक्षा गरी आर्थिक विकास र समृद्धि गर्ने अभियानमा लाग्नुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ थियो।
उनले भने, “हामीले गम्भीर समीक्षासहित आउँदो दिनमा सुशासनको दृष्टिकोणले पनि विकास र समृद्धिको दृष्टिकोणले पनि नयाँ अभियान शुरू गर्न सकेनौँ भने आउने दिनमा देशमा निकै अप्ठ्यारो हुन सक्छ।”
निर्वाचनमा केही नयाँ दल जन्मेको हुनाले यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने उनको भनाइ छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले अन्नपूर्णसहित नेपालको विकास र समृद्धिको दाहाल पुनःप्रधानमन्त्री बन्नुपर्ने बताए। दाहाल जन्मेको क्षेत्रमा हाल धुलाम्मे सडक भएकाले यहाँको विकासका लागि दाहालको सहयोग आवश्यक भएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
