तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदली रहने

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ। 

राति पनि आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहने महाशाखाको अनुमान छ।