धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।
राँझा– बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जलाई ११ करोड रुपैयाँभन्दा बढीको धान बिक्री गरेका छन्।
कात्तिक २० देखि धान खरिद गर्न लागेको खाद्यले पुस १६ गतेसम्म किसानलाई ११ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरी ३१ हजार ६९० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए।
“धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेका छौँ,” कार्यालय प्रमुख लामिछानेले भने, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गरिरहेका छौँ।”
धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए। “पहिला किसानले १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो। अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस दर्ता गर्ने र हामीले दिएको समयमा आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ,” उनले भने।
मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ। धान बिक्री गर्ने धेरै किसान आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ। गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कार्यालयले आठ हजार क्विन्टल मात्रै खरिद गरेको थियो।
यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो। मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको छ।
यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ। पुस १६ गतेसम्म मोटा धान सात हजार ४४९ क्विन्टल र मध्यम धान २४ हजार २४१ गरी ३१ हजार ६९० क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
