सिन्धुपाल्चोक केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १.०२ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ– सिन्धुपाल्चोकको माजीटार केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १.०२ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

यसअघि, पुस १६ गते बैतडी केन्द्रविन्दुर भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।