माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेलाई जोगाइरहेको र टाढाकालाई छानी–छानी कारबाही गरिरहेको बताए।
काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारले भ्रष्टाचार र सहकारी ठगीमा नाम जोडिएका केही व्यक्तिहरूलाई संरक्षण गरिरहेको आरोप लगाएको छ।
माओवादी केन्द्रले कांग्रेसका उपसभापति धनराज गुरुङको नाम सहकारी ठगी प्रकरणमा जोडिए पनि उनीहरूलाई सरकारले संरक्षण गरिरहेको माओवादी लगाएको हो। त्यस्तै, लेखासमिति सभापति ऋषिकेश पोखरेललाई पनि सरकारले जोगाइरहेको माओवादी केन्द्रको आरोप छ।
बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेलाई जोगाउने टाढाकालाई छानी–छानी कारबाही गरिरहेको बताए।
“भ्रष्टाचार गर्नेहरूको संरक्षणमा सरकार लागिरहेको छ। राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने,” उनले भने, “कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिधै छ तर कुनै कारबाही नै छैन। त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ।”
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै उनले सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए। उनले सरकार विचार–शून्य रहेको, मूल्य, मान्यता र आदर्श पनि सरकारमा नरहेको आरोप लगाए।
बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो। माओवादी केन्द्रको पुस २१ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दै छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्ने छन्।
बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। उनले पार्टी रूपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित ६ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेको प्रवक्ता सापकोटा बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
