देशभरको मौसम सफा रहने पूर्वानुमान

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। 

शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ।

हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।