बिहीबार राति तलकोट गाउँपालिकाबाट चैनपुर आउने क्रममा धमेना नजिकै जिप दुर्घटना हुँदा चार जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
चैनपुर– बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा पाँ जनाको मृत्यु भएको छ।
बिहीबार राति तलकोट गाउँपालिकाबाट चैनपुर आउने क्रममा धमेना नजिकै जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
मृत्यु हुनेमा जिप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो।
धामीकै नातिनी ६ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालका डा. विनय जोशीले जानकारी दिए।
उता, मष्टा गाउँपालिका–१ कोटदेवलमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना भएको हो। जिपमा चालक थापा मात्र थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
