फिफा विश्वकप फुटबल २०२२ काे उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनल पुगेकाे हाे।
काठमाडौँ– फ्रान्स कतार विश्वकप २०२२ को उपाधि नजिक पुगेको छ। बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा बलियो अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सेली टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको हो।
खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रन्सलाई अग्रता दिलाए। हर्नान्डेजले मोरक्कोका गोलकिपर यासिन बोनुको नजिकबाट गोल गरे। जारी विश्वकपमा पहिलो पटक मोरक्कोको टोलीले गोल खाएको हो। फ्रान्सले ७९औँ मिनेटमा अग्रता दोब्बर बनायो।
रान्डल कोलो मुआनीले दोस्रो गोल गरे। उनी विकल्पका रूपमा मैदानमा उत्रिएका थिए। मैदान छिरेको ४४ सेकेन्डमै गोल गरेका थिए। यो मुआनीको पहिलो अन्तर्राष्ट्रिय गोल हो। फ्रान्सले सन् २०१८ मा क्रोएसियालाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो। त्यसअघि सन् १९९८ पहिलोपटक विश्वविजेता बनेको थियो।
फ्रान्स तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। उसले आइतबार अर्जेन्टिनाको सामना गर्नेछ। अनुभवी फुटबलर लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई पराजित गरेको थियो। सन् २००२ पछि पहिलो पटक विश्वकप फुटबलमा कुनै टोलीले लगातार दुईवटा फाइनल खेल्दैछन्। त्यसअघि ब्राजिलले सन् १९९८ र २००२ मा लगातार तेस्रो पटक फाइनल खेलेको थियो। ब्राजिल सन् १९९४ र २००२ मा च्याम्पियन बनेको थियो।
फ्रान्स सन् १९९० पछि लगातार दुई पटक फाइनलमा पुग्ने युरोपको पहिलो टोली बनेको छ। जर्मनीले सन् १९८२, १९८६ र १९९० मा फाइनल खेलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
