वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ।
वीरगन्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगन्जबाट धानचामलको आयात बढेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६०.२८ प्रतिशतले बढेको छ। साथै राजस्व संकलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ। गत आवको पाँच महिनामा २ अर्ब ४० करोड ३१ लाख रुपैयाँको धान आयात भएको थियो।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार ५४० किलोग्राम चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चामल आयात ५४.१२ प्रतिशत र राजस्व संकलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
