फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव चिकित्सक दिन्छन्।
काठमाडौँ– जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को संक्रमणको जोखिम बढ्छ। यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो। यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ। ती छिटा श्वासबाट फोक्सोमा पनि जाने र भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, “फ्लू एक प्रकारको भाइरल संक्रमण हो। यो संक्रमण भएको दुईदेखि तीन दिनमा लक्षण देखिन शुरू हुन्छ। यसको लक्षण भनेको उच्च ज्वरो आउनु, जिउ दुख्नु, घाँटी दुख्नु, कसैकसैलाई पखाला लाग्ने पनि हुनसक्छ। यसले जटिलताको अवस्थामा निमोनिया गराउन सक्छ।”
त्यसैगरी टाउको दुख्नु, खोकी लाग्नु, जीउ र मांसपेशी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु आदि थप फ्लूका लक्षण हुन्। यद्यपि फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ।
चिकित्सकका अनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू हप्तादेखि १० दिनसम्ममा निको भएर जान्छ। फ्लू भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन। डा. पुन भन्छन्, “संक्रमित हुँदा आराम त गर्नुपर्यो नै। यसले अरूलाई सार्न सक्ने सम्भावना पनि कम हुन्छ। कतिपयलाई ब्याक्टेरियाले थप संक्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ।”
फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्नेलगायत सुझाव चिकित्सक दिन्छन्।
रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउन सक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ। “जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ। फ्लूविरुद्ध खोप पनि उपलब्ध छ। खोप लगाएमा यसले थप जटिल हुन अवस्थाबाट धेरै हदसम्म कम गराउँछ”, डा. पुन भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
