युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेर्स्याएको थियो।
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ।
करिब ६ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ।
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर उनलाई पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ।
युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेर्स्याएको थियो।
युनमाथि शक्तिको दुरुपयोग गर्दै सैन्य कानून लागू गरेको भन्दै विपक्षीले संसदमा पेश गरेको महाभियोग प्रस्ताव पारित भएको छ। संसद्बाट महाअभियोग प्रस्ताव पारित भएपछि उनी निलम्बित अवस्थामा छन्।
दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ।
तर सुनुवाइका लागि तीन पटक बोलाउँदा पनि युन उपस्थित नभएपछि अदालतले उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो। त्यही अनुमतिका आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्ने प्रयास गरेको थियो।
प्रहरीका २० वटा टोली बिहान ८ बजे नै युनको घरमा पुगेका थिए। तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्ने कदम रोकेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
