बाक्लो कुहिरोका कारण दिल्लीमा हवाई उडान र रेलसेवा प्रभावित

बाक्लो कुहिरोका कारण शुक्रबार भारतको हवाई उडान र रेल सञ्चालनमा असर परेको छ।

बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका हवाई उडान र रेल सञ्चालनमा असर परेको छ।

धेरै स्थानीय मिडियाले राष्ट्रिय राजधानी दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २०० उडान ‘डिले’ भएको जनाएका छन्।

दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेड (डीआइएएल)ले शुक्रबार सामाजिक सञ्जालमा लेखेको छ, “दिल्ली एयरपोर्टमा उडान प्रभावित हुन सक्छन्। यात्रुहरूलाई अद्यावधिक उडान जानकारीका लागि सम्बन्धित एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ।”

कम भिजिबिलिटीका कारण स्पाइसजेट, इन्डिगो र एयर इन्डियालगायतका एयरलाइन्सका उडान प्रभावित भएका हुन्। एयरलाइन्स इन्डिगोले आफ्ना यात्रुलाई विकल्प रोज्न आग्रह गरेको छ।

भारतीय रेलवेले कम्तिमा २४ रेल बाक्लो कुहिरोका कारण ढिलाइ भएको जनाएको छ। केही रेल ४.५ घण्टाभन्दा बढी ढिलो भएका थिए।

बाक्लो कुहिरो आगामी दुई दिनसम्म उत्तरपश्चिम तथा मध्य भारतका केही भागमा जारी रहने र त्यसपछि सुधार हुने सम्भावना रहेको भारतीय मौसम विज्ञान विभागले शुक्रबार जनाएको छ।