नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।
काठमाडौँ– असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार रुपैयाँ बराबरको बीमा दाबी भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार ७७४ वटा दाबी परेको छ। ९ अर्ब २२ करोड २५ लाख ५६ हजार रुपैयाँ बराबरको दाबी सम्पत्ति बीमामा परेको छ।
यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा ३२४ वटा दाबी परेको छ। त्यसमा २ अर्ब ८४ करोड १९ लाख २६ हजार रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ। त्यसमा ४१ करोड ५३ लाख ४४ हजार रुपैयाँ बराबरको दाबी रकम माग गरिएको छ।
मोटर बीमा सार्वजनिकतर्फ ३९३ वटाको आवेदन परेको छ। त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दाबी रकम माग भएको छ। सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ। त्यसमा ४ करोड ४ लाख ९७ हजार बराबरको रकम माग भएको छ।
पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा ३ करोड ८२ लाख ५५ हजार बराबरको रकम माग भएको छ। कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा १ करोड ५ लाख ९१ हजार बराबरको माग दाबी भएको छ। विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार बराबरको माग दाबी भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
