एआई डेटा सेन्टर निर्माणमा माइक्रोसफ्टले छुट्यायो ८० अर्ब डलर

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार ८० अर्ब डलरमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टर निर्माण गर्न ८० अर्ब अमेरिकी डलर छुट्याएको छ। उक्त रकम यस वर्षका लागि विनियोजन गरिएको हो।

“टेक विशालले एआई मोडेललाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोग प्रयोग गर्ने योजना बनाएको छ,” माइक्रोसफ्टले भनेको छ।

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार ८० अर्ब डलरमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ।

“एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ। संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ,” उनले भने।