पेरुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

बिहीबार साँझ राजधानी लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो। 

उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। १७ जना बेपत्ता भएका छन्। 

बिहीबार साँझ राजधानी लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो। 

सडकको खराब अवस्थाका कारण दुर्घटना भएको हुन सक्ने स्थानीय मिडियाले जनाएका छन्। घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोलीले उद्धार कार्य जारी राखेका छन्। 

बस सडकबाट १५० मिटर तल नदीमा खसेको थियो। पेरुमा तीव्र गति, सडक पूर्वाधारको कमजोर अवस्थालगायत कारणले सवारी दुर्घटना हुने गरेको छ।