निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै

मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे अन्तिम परिणाम घाेषणा गरेसँगै निर्वाचन आयोगले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाउने भएकाे छ।

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदै छ।

प्रतिनिधिसभाको परिणामको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ। निर्वाचनको सबै परिणाम घोषणा भइसकेकाले बिहीबार राष्ट्रपतिलाई प्रतिनिधिसभा सदस्यतर्फको प्रतिवेदन बुझाउन लागिएको आयोगले जनाएको छ।

प्रदेशसभाको प्रतिवेदन भने पुस २ मा सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने तयारी रहेको आयोगले जनाएको छ। मंसिर ४ मा भएको निर्वाचनबाट २७५ जना प्रतिनिधिसभा तथा ५५० प्रदेशसभा सदस्य गरी ८२५ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।