अस्पताल भवन निर्माण नहुँदा लेकम, दुहुँ र अपि हिमालका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
दार्चुला– शिलान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ। विसं २०७७ मंसिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिलान्यास गरेको थियो।
अस्पताल भवन निर्माण नहुँदा लेकम, दुहुँ र अपि हिमालका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाका लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउँछन्। लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर शुरू भएको छ।
कुल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताए।
दुहुँ गाउँपालिकामा पनि १० शय्या अस्पताल निर्माण थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए। आर्थिक वर्ष २०७७/७८ मायमुना, कौशिल जगदम्बा जेभीले कुल आठ करोड २९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो।
यसैगरी, व्यास गाउँपालिकामा २४ करोड ७६ लाख ८५ हजार रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण शुरू भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले बताए।
यद्यपि अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शय्या अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यो अस्पतालका लागि १० करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
