क्यानले मलेसियामा आयोजना हुने आईसीसी यू१९ विश्वकपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने आईसीसी यू१९ महिला टी२० विश्वकप २०२५ मा सहभागी हुने राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो। टोलीको उपकप्तानमा सोनी पाख्रिन छन्।
क्यानले शनिबार सार्वजनिक गरेको सूचीअनुसार टोलीमा पूजा र सोनीबाहेक सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार र अलिशाकुमारी यादव छन्। त्यस्तै, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ समेटिएका छन्।
महिला टी२० विश्वकप माघ ५ गतेदेखि २० गतेसम्म मलेसियामा सञ्चालन हुँदै छ। नेपाल रहेको समूह ‘डी’मा अस्ट्रेलिया, बांग्लादेश र स्कटल्यान्ड छन्। नेपालले पहिलो खेल माघ ५ गते बांग्लादेशसँग खेल्ने छ भने दोस्रो माघ ७ गते स्कटल्यान्ड र तेस्रो माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ।
नोभेम्बरमा यूएईमा आयोजित आईसीसी यू१९ महिला विश्वकप एशिया छनोटको उपाधि जित्दै नेपाल विश्वकपकमा छनोट भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
