बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरीबारीमा रमाउँदै फोटो खिच्ने तथा टिकटक र भिडियो बनाउनेको थोगी नसक्नु भिड लाग्ने गरेको छ।
गलेश्वर– रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर गाउँ जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ। कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ।
कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान पर्यटक आउने गरेका छन्।
बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरीबारीमा रमाउँदै टिकटक र भिडियो बनाउनेको यति बेला थोगी नसक्नु भिड छ। पुसयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएको स्थानीय अगुवा भरत केसीले जानकारी दिए।
उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृंखला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक १०० जनाभन्दा बढी पर्यटक आइरहेको केसीको भनाइ छ। अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ। बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन्।
पहेँलै फुलेको तोरीको बीचबीचमा हुर्किँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ। रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ। झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन्।
रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन आफूहरू लागिपरेको स्थानीय नेत्रबहादुर महतले बताए। केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन्।
शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भिड लाग्ने गरेको छ। म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेको भिड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताए। रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल पनि पर्यटकका लागि अर्को आकर्षण बनेको छ।
वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताए। तोरी उत्पादन क्षेत्र बनाएर प्रवर्द्धन गर्न सकिए स्थानीय तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
