तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो। 

शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारको तुलनामा चाँदीको मूल्य भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार हुनेछ।