डोनेट्स्क–गोर्लोभका राजमार्गमा रुसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रुसी पत्रिका इज्वेस्टियाका सम्वाददाता अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको हो।
युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रुसी युद्ध संवाददाताको मृत्यु भएको छ। घटनामा अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले जनाएको छ।
डोनेट्स्क–गोर्लोभका राजमार्गमा रुसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रुसी पत्रिका इज्वेस्टियाका सम्वाददाता अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको हो।
“गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्यांकन सकेर हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भने।
डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुसिलिनले घाइते पत्रकारको उपचार भइरहेको बताएका छन्। रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रुसी पत्रकारमाथि भएको आक्रमणको उचित समयमा जवाफ दिने बताएकी छन्।
युक्रनले भने यस विषयमा प्रतिक्रिया दिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
