भारी हिमपात र वर्षाले आइतबार युरोपभर, विशेष गरी बेलायत र जर्मनी बढी प्रभावित भएका छन् भने यहाँका प्रमुख विमानस्थलहरू हवाई उडान स्थगित गर्न बाध्य भएका छन्।
भारी हिमपात र वर्षाका कारण आइतबार युरोप प्रभावित भएको छ। विशेष गरी बेलायत र जर्मनीमा धेरैजसो विमानस्थल हवाई उडान स्थगित गर्न बाध्य भएका छन्।
बेलायतमा आइतबार पनि मौसम प्रतिकूल रहने अनुमान गरिएको छ। त्यहाँ ३०० मिटर (९८५ फिट) माथिको भू–भागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेष गरी इंग्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय अलग्गिन सक्ने चिन्ता छ।
देशको विद्युत् सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत् आपूर्ति अवरुद्ध भएपछि पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छ। कम्पनीको प्रत्यक्ष नक्साले मध्य इंग्ल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती भएको देखाएको छ।
धेरै खेलकुद कार्यक्रम पहिल्यै स्थगित भइसकेका छन् तर लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ। यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ।
लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्ग बन्द गर्नुपरेको थियो। तर दुवै विमानस्थल आइतबार अबेरसम्ममा पुनः सञ्चालन गर्ने तयारीमा देखिन्छन्। लिड्स ब्राडफोर्ड विमानस्थलले आइतबार बिहान आफ्नो धावनमार्ग बन्द गरेको बताएको छ।
क्रिसमस र नयाँ वर्षको बिदापछि धेरै परिवार घर फर्किने र विद्यार्थी विश्वविद्यालयतर्फ फर्किने भएकाले यतिबेला अत्यन्त व्यस्त हुने सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएका छन्।
स्थानीय अधिकारीले धेरै सडक पहिले नै बन्द गरेका थिए। तर फसेका सवारीसाधन र दुर्घटनाका कारण सडकमा अवरोध सिर्जना भएको छ। रेलमार्गअन्तर्गत धेरै क्षेत्रका सेवा रद्द गरिए र राष्ट्रिय रेलले अवरोध हप्ता दिनसम्म जारी रहने चेतावनी दिएको छ।
बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले आइतबार हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इंग्ल्यान्ड र दक्षिणी स्कटल्यान्डमा सबैभन्दा बढी हुने बताएको छ।
वातावरण एजेन्सीले दक्षिणी इंग्ल्यान्डमा टाव नदी र एभन नदीमा बाढीको चेतावनी जारी गरेको छ।
हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ। त्यहाँ दक्षिणपश्चिमबाट चिसो फैलिएको छ। अधिकारीहरूले चालक र पैदलयात्रीका लागि ‘कालो बरफ’सम्बन्धी चेतावनी जारी गरेका छन्। उनीहरूले जनतालाई सकेसम्म घरमै बस्न सल्लाह दिएका छन्।
फ्रान्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनाए। फ्रान्कफर्टबाट हुने पेरिस, भेनिस र प्रागजस्ता प्रसिद्ध युरोपेली गन्तव्य उडानहरू रद्द भएका थिए।
फ्रान्कफर्ट एयरपोर्टले बिहानको समयमा हवाई उडानमा अवरोध तथा रद्द हुन सक्ने चेतावनी दिएको छ। उसले यात्रुहरूलाई एयरपोर्टमा जानुअघि उडानहरूको स्थिति परीक्षण गर्न सुझाव दिएको छ।
दक्षिणपश्चिमी जर्मनीको स्टटगार्ट एयरपोर्टले चिसो मौसमका कारण धेरै उडान प्रभावित भएको जनाएको छ। म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
