पीएसजीले जित्यो फ्रेन्च सुपर कप

ओस्माने डेम्बेलेले अतिरिक्त समयमा गोल गरेपछि पीएसजीले मोनाकोलाई १–० ले हराउँदै फ्रेन्च सुपर कप जितेको छ।

काठमाडाैँ– ओस्माने डेम्बेलेले अतिरिक्त समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मोनाकोलाई १–० ले हराउँदै फ्रेन्च सुपर कप जितेको छ।

कतारको दोहास्थित रंगशाला ९७४ मा भएको खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सका विंगरले गोल गर्दो टोलीलाई उपाधि दिलाए। योसँगै पीएसजीले लगातार तेस्रो तथा समग्रमा १३औँ फ्रेन्च सुपर कप उपाधि जितेको हो।

सन् २०१० देखि यता फ्रेन्च सुपर कपको पहिलो हाफमा कुनै गोल भएका थिएनन्। त्यतिबेला पनि खेल गोलरहित समाप्त भएपछि ओलम्पिक डे मार्सेले पेनाल्टीमा पीएसजीलाई ५-४ ले हराएको थियो।

पीएसजीले गत सिजन लिग र कपको उपाधि जितेको थियो भने मोनाको लिगको दोस्रो स्थानमा थियो। अघिल्लो दुई संस्करणमा नान्टेस र टुलुजलाई हराएको पीएसजीले गत महिना लिग १ मा मोनाकोसँग ४–२ को जित निकालेको थियो।

चार पटकको विजेता मोनाकोले अन्तिम पटक २००० मा ट्रफी उचालेको थियो।