पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले बहस गरेपछि प्रतिवादी तर्फका कानून व्यवसायीको बहस चलिरहेको हो।
गण्डकी– पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मंगलबारदेखि जारी छ।
शुक्रबारदेखि प्रतिवादीतर्फका कानून व्यवसायीको बहस शुरू भएकामा सोमबार लामिछाने पक्षका कानून व्यवसायीको बहस शुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। उनका अनुसार सोमबार अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेका पक्षबाट बहस गरेका छन्। यसअघि प्रतिवादी लीला पछाईं र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले बहस गरेका थिए।
सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानून व्यवसायीको बहस चलिरहेको हो। प्रतिवादीको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मंगलबारदेखि थुनछेक बहस शुरू भएको थियो। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीतर्फका कानून व्यवसायीको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस शुरू हुने जानकारी दिइन्।
थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।
यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
