अख्तियारले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौँ– मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा गैरकानूनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोप पत्र दायर गरेको हो।
आयोगले डा.सिंहसहित पाँच जनासँग जनही एक करोड रुपैयाँ बिगो मागदाबी गरेको छ। डा. सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख (सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका संयोजक) शंकरप्रसाद साह, मन्त्रालयका कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डललाई पनि आयोगले विपक्षी बनाएको छ।
त्यस्तै, मन्त्रालयका सहलेखापाल ब्रजेशकुमार साह, महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक/अध्यक्ष लक्ष्मी नारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जीतकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो।
पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको, नक्कली बिल भरपाईका आधारमा भुक्तानी दिएको र स्फेसिफिकेसन अनुसारको सामान खरिद नगरेको पाइएपछि उनीहरूमाथि विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
