नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ भने ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– शेयर बजारमा सोमबार हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८९ प्रतिशत अर्थात् ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ।

विभिन्न ३१२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर ७५ हजार ५४० पटक कारोबार हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८८५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि २२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। साथै, चार वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ९.७० प्रतिशत, साहास ऊर्जाको शेयर मूल्य ८.७० प्रतिशत, माया खोला हाइड्रोपावरको शेयर मूल्य ८.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। 

त्यसैगरी उपकार लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।