जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।
काठमाडौँ– जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।
वीरगन्जमा सम्पन्न खेलमा आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा ५ विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो।
आइतबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ३४.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १२१ मात्र बनायो। आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए। साथै, कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले १/१ विकेट लिए।
त्यसपछि ब्याटिङमा उत्रिएको पुलिसको पनि ब्याटिङ राम्रो भएन। कुल ३३.१ ओभर खेल्ने क्रममा अलआउट हुँदै पुलिसले १२५ रन बनायो। यद्यपि पुलिसले आर्मीसँग चार रनको अग्रता कायम गर्यो ।
आर्मीका लागि सहाब आलिम एक्लैले ८ विकेट लिए। साथै सोमपाल कामी र पवन कार्कीले १/१ विकेट लिए।
पहिलो इनिङ्समा ४ रनले पछि परेको आर्मीले दोस्रो पारीमा सोमपाल कामीको ८२ रनको उत्कृष्ट पारीको सहायतामा अलआउट हुनुअघि १७५ रन बनायो। १७१ रनले अघि रहेको आर्मीले पुलिसलाई १७२ रनको लक्ष्य दिएको थियो। आर्मीका लागि दोस्रो इनिङ्समा तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
पुलिसका लागि दोस्रो इनिङ्समा कुशल भुर्तेलले ४ विकेट लिए भने गुलशन झाले ३, ललित राजवंशीले २ र राशिद खानले १ विकेट लिए।
कुल १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो पारीमा ४०.३ ओभर खेल्ने क्रममा ८८ रन बनाउँदा खेल सकियो। उसका लागि अमिर श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान दिए भने अर्जुन साउदले १९ रन बनाए।
आर्मीका लागि आकाश चन्द र सादाब आलमले समान २ विकेट लिए भने पवन कार्कीले १ विकेट लिए।
जारी प्रतियोगिताको सोमबार नै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ। प्रतियोगिताको तेस्रो खेल यही पुस २८ गते मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ भने चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
