यातायात व्यवस्था विभागले राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर ३.३० प्रतिशतसम्म बढाएको छ।
काठमाडौँ– सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा सोमबारदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधानको भाडादर तीन प्रतिशतभन्दा बढीले वृद्धि गरेको हो।
विभागका अनुसार दुई या सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा बढाउने निर्णय भएको हो।
यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्राककट्टी र सञ्चालन मुनाफा लगायतका सूचकमा देखिएको मूल्यवृद्धिका आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाइएको विभागले भनाइ छ। विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजार अध्ययन गरेर भाडा बढाउने निर्णय गरेको दाबी गरेको छ।
सरकारले इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गर्दै आएको छ। विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा २०७८ असार २९ गते भाडादर समायोजन गरिएको थियो। त्यसपश्चात् इन्धनमा ५ प्रतिशत मूल्य घटी या बढी हुँदा भाडादर समयोजन हुने गरेको थियो।
विभागका अनुसार भाडादर समायोजनपछि यात्रुवाहक सवारीमा ३.३० प्रतिशतले भाडा बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले भाडा बढेको छ।
भाडादरको सूची
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
