पहाडी र तराई भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुनेछ। पहाडी तथा तराई भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति हिमाली क्षेत्रमा आंंशिक बदली रहनेछ। पहाडी र तराई भूभागमा आंंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।