काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्।

काठमाडौँ– काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६:५० बजे काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको कम्पन गएको हो। 

भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्। चीनको डिंग्गे काउन्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यसअघि पश्चिम नेपालसहित देशका विभिन्न स्थानमा निरन्तर भूकम्प गइरहेको थियो।