भूकम्पबाट चीनमा कम्तीमा ३२ जनाको मृत्यु, ३८ घाइते

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा मापन गरिएको छ।

चीनमा मंगलबार बिहान गएको भूकम्पबाट कम्तीमा ३२ जनाको मृत्यु भएको छ। उक्त भूकम्पमा परी ३८ जना घाइते भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहर केन्द्रविन्दु भएर बेइजिङ समयअनुसार मंगलबार बिहान ९:०५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तर तथा जमिनभन्दा १० किलोमिटर गहिराइमा मापन गरिएको छ।