पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई ‘अनलाइन जुवा’ खेलाएको आरोपमा सोमबार राति पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनको भनाइ छ।
अभियुक्तबाट प्रहरीले ८५ वटा ल्यापटप र ८२ थान मोबाइल फोन पनि बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
